Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • करोडपतिका छोरा किन पक्राउ परे लुटपाटमा ?

    करोडपतिका छोरा किन पक्राउ परे लुटपाटमा ?

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 7.4K
    SHARES

    काठमाडौं । गत १३ चैतमा कपनको दुर्गा मन्दिर नजिक एक ट्याक्सी चालक लुटिए । लुटपाटमा संलग्न प्रशान्तजंग कार्की र राजु गुरुङलाई प्रहरीले पक्राउ गर्‍यो ।

    उनीहरूले ट्याक्सी चालकको १८ हजार नगद र मोबाइल लुटेको बताइएको थियो । तर, अनुसन्धानको क्रममा लुटपाट शंकास्पद बनेको छ । पीडित भनिएका ट्याक्सी चालक नै हाल फरार भएको प्रहरी स्रोत बताउँछ ।



    पक्राउ परेकामध्ये कार्की करोडपति परिवारका सन्तान हुन् । उनका बुबा इच्छाराम कार्की तारकेश्वरका चर्चित व्यक्ति हुन् ।



    उनका छोरा लुटपाटमा किन संलग्न भए रहस्यमय बनेको छ । ट्याक्सी चालक नै फरार हुँदा घटना रहस्यमय बनेको प्रहरी अधिकारी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार