Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तोलामा २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि भइ हालसम्मकै उच्च भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।



    शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।



    यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

    आज तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार