Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

    निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 300
    SHARES

    काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ ।

    चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।



    निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् । ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् ।



    अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ ।

    २०७७ सालमा दुईबिच कोर्ट म्यारिज भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार