Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपनिर्वाचनमा दुई दिन सार्वजनिक बिदाको सिफारिस

    उपनिर्वाचनमा दुई दिन सार्वजनिक बिदाको सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 600
    SHARES

    काठमाडौं । उपनिर्वाचन हुने प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ–१ ‘क’मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

    आयोगले निर्वाचन व्यवस्थापनका लागि आउँदो वैशाख १३ र १४ गते बिदा दिनुपर्ने माग गरेको हो ।



    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा दुई दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्र पठाउने निर्णय गरिएको उल्लेख छ ।



    “उपनिर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८१/१/१३ देखि मिति २०८१/१/१५ सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म दुई दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारमा लेखी पठाउने,” विज्ञप्तिमा भनिएको छ ।

    वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार