Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे निर्वाचित

    राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।



    बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो ।



    पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।

    उनलाई एमालेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो।

    यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार