Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 294
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत पुनमदेवी कुर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।



    अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार कुर्मीले नक्कली प्रमाणपत्र पेस गरी अध्यापन गरिरहेको भन्दै छानबिनको माग गर्दै आयोगमा उजुरी परेको थियो ।



    अनुसन्धानका क्रममा कुर्मीले ठाकुर महेश्वर प्रसाद सिंह संस्कृत प्रा.सह उच्च विद्यालय भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र लिएको पाइएको थियो ।

    उनलाई आयोगले कैद र जरिवाना दुवै सजायको मागदाबी ​गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार