Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनताको नाम लिएर कांग्रेसले सदनमा कुण्ठा पोख्यो : केपी ओली

    जनताको नाम लिएर कांग्रेसले सदनमा कुण्ठा पोख्यो : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 222
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन्।

    आइतबार संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको टिप्पणी गरे ।



    सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन नसकेको ओलीले बताए ।



    जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभई संयमित ढंगले विधिअनुसार समाधान खोज्नुपर्नेमा जोड दिए ।

    कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको उनको प्रष्टोक्ति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार