Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुप्रिम सहकारीबाट लामिछानेका नाममा एक करोड ८० लाख ऋण !

    सुप्रिम सहकारीबाट लामिछानेका नाममा एक करोड ८० लाख ऋण !

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 4.7K
    SHARES

    काठमाडौं । बुटवलको सुप्रिम बचत ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको छ ।

    सोमबार जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोजनमा यस्तो भेटिएको हो । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको पाइएको छ ।



    गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोरखा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए ।



    लामिछानेले गोरखा मिडिया नेटवर्कको सेयरका लागि एक करोड ८० लाख र ऋणबापत दुई करोड लिएको तथ्य देखाइए पनि उनलाई प्रतिवादी बनाइएको छैन । सो रकमको भौचर सदर सागर केसी र बैंकमा जम्मा रोशनी गुरुङले गरेको देखिन्छ ।

    यस्तै जीबी राई अध्यक्ष रहेको गोर्खा मिडियामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ गएको देखिएको छ । यस्तै भुपेन्द्र बाबु राईको नाममा थप ३ करोड ३० लाख रकम कर्जा बनाइ गोरखा मिडियो नेटवर्कको नाममा पेस्की सेटल गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

    इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार सहकारी ठगीको मुद्दा दायर गरेको छ ।

    प्रतिवादीहरू गितेन्द्रबाबु (जीबी) राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट एक करोड ५७ लाख ९६ हजार रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।

    सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । उनीहरुलाई प्रहरीले खाजतलास गरिहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार