Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुहाङलाई जिताउन इलाम पुगे एमाले अध्यक्ष ओली

    सुहाङलाई जिताउन इलाम पुगे एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 408
    SHARES

    इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका लागि इलाम पुगेका छन् ।

    अध्यक्ष ओली मंगलवार बिहान काठमाडौंबाट झापाको चन्द्रगढी विमानस्थलहुँदै इलाम पुगेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग पत्नी राधिका शाक्यसँगै पार्टीका अन्य नेता पनि इलामका पुगेका छन् ।



    यसैबीच ओलीले इलाम बजारबाट देखिएको सूर्य उदाएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।



    उनी पार्टीको तर्फबाट उम्मेदवार बनेका सुहाङ नम्वाङलाई जिताउन इलाम गएका हुन् ।

    इलाम–२ मा एमालेका उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधनपछि रिक्त रहेको ठाउँमा यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

    एमालेका उम्मेदवार सुहाङ नेम्वाङका छोरा हुन् ।अध्यक्ष ओलीले बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार