Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • संकल्प प्रस्तावको पक्षमा मतदान गर्न कोशी एमालेद्धारा ह्वीप जारी

    संकल्प प्रस्तावको पक्षमा मतदान गर्न कोशी एमालेद्धारा ह्वीप जारी

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 282
    SHARES

    विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

    बिहीबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।



    नेकपा एमाले र माओवादी केन्द्रले आजको कोशी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गर्ने भएका छन् । आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरू हुनेछ ।



    २७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए ।

    समर्थन फिर्ता लिंदै उनीहरूले प्रदेश सभाको अधिवेशन माग गरेका थिए । समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार