Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा नेवाङ पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा नेवाङ पक्राउ

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सडक सुरक्षा र शान्ति सुव्यवस्थाको जिम्मेवारीमा खटिएका प्रहरीलाई अपमानजनक शब्द प्रयोग गरेको अभियोगमा सिन्धुली घर भई हाल काठमाडौं बबरमहल बसोबास गर्दै आएका ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तामाङलाई बुध्दनगर क्षेत्रबाट पक्राउ गरिएको हो । कर्तव्य पालनामा तैनाथ प्रहरीलाई उनले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए ।

उनी थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो भाइरल भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077