Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बुधवार , आश्विन १५, २०८२

जाजरकोट। जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्लाको नलगाड नगरपालिका-५ कालिमाटीबाट पोख्रातर्फ गइरहेको कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप आज बिहान पोख्रामा दुर्घटना हुँदा सोहि ठाउका २२ वर्षीय निसान वलीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077