एजेन्सी । भारतको मध्य प्रदेशस्थित खण्डवा जिल्लामा दुर्गा विसर्जनका क्रममा दुर्घटना भएको छ।
बिहीबार साँझ ट्र्याक्टरको ट्रली पोखरीमा खसेर कम्तीमा ११ जनाको मृत्यु भएको हो ।
जिल्लाका प्रमुख चिकित्सा अधिकारी ओपी जुगतापले प्रारम्भिक जानकारी दिँदै तालाबमा ट्र्याक्टरको ट्रली पल्टिँदा हालसम्म करिब ११ जनाको मृत्यु भएको बताए ।
गम्भीर घाइते तीन जनालाई उपचारका लागि रेफर गरिएको छ। उनका अनुसार दुर्घटनाको समयमा ट्रलीमा करिब ३०(३२ जना सवार थिए।