काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन्- 'पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा एमाले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन। खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन।'
पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्ने भएपनि एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको उनको भनाइ छ ।'