Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रुस–युक्रेन युद्ध अझ भयावह, ड्रोन र मिसाइल हमलामा पाँच जनाको मृत्यु

रुस–युक्रेन युद्ध अझ भयावह, ड्रोन र मिसाइल हमलामा पाँच जनाको मृत्यु

आइतवार , आश्विन १९, २०८२

एजेन्सी । रुस र युक्रेनबीच जारी तीन वर्षको युद्ध अझ भयावह बन्दै गएको छ । शनिबार रातभर रुसले युक्रेनका विभिन्न सहरहरूमा ठूला स्तरका ड्रोन, मिसाइल र गाइडेड बम प्रयोग गरी आक्रमण गरेको छ, जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ फरक–फरक इलाकामा ५० भन्दा बढी ब्यालिस्टिक मिसाइल र करिब ५०० ड्रोन प्रहार गरेको थियो। ती हमलाहरूले मुख्य सहरहरूमा ठूलो क्षति पुर्‍याएका छन्।

पश्चिमी युक्रेनको ल्भिव सहरमा भएको भीषण ड्रोन र मिसाइल हमलामा पाँच जनाको मृत्यु भएको छ, जसमा १५ वर्षका एक बालक पनि रहेका छन् ।

हमलापछि दुई वटा इलाकामा बिजुली आपूर्ति पूर्ण रूपमा ठप्प भएको र सार्वजनिक यातायात सेवा केही घण्टासम्म बन्द गरिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

युद्धको तेस्रो वर्षमा प्रवेशसँगै दुवै पक्षबीचको आक्रमण–प्रत्याक्रमण थप तीव्र बन्दै गएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077