Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताप्लेजुङमा भीरबाट खस्यो बोलेरो, एकको मृत्यु

ताप्लेजुङमा भीरबाट खस्यो बोलेरो, एकको मृत्यु

मंगलवार , आश्विन २१, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा मंगलबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

च्याङथापुबाट आङ्खोपतर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको बोलेरो सिदिङ्वा गाउँपालिका ३, आङ्खोपमा सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो ।

चालक सोही ठाउँका प्रकाश सुवाङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077