काठमाडौं । नेप्से परिसूचक ४५.३६ अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्क घटेर २५५९ अङ्कमा कायम भएको हो ।
कारोबार रकम भने एकै दिन एक अर्ब १३ करोड ३६ लाख रुपैयाँले बढेको छ ।बुधबार पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
मंगलबार चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १८ कम्पनीको सेयर मूल्य बढेको छ । २३२ कम्पनीको सेयर मूल्य घटेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।
९ वटा कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिद-बिक्री भएको छ । यो कम्पनीको २६ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.०९ प्रतिशतले घटेको छ ।