Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनप्रति हर्कको कटाक्ष - आफ्नै गृह मन्त्रीले पक्रेला भन्ने डर छ

बालेनप्रति हर्कको कटाक्ष - आफ्नै गृह मन्त्रीले पक्रेला भन्ने डर छ

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति कटाक्ष गरेका छन् ।

अनेरास्ववियूका नेताहरूले बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दिएपछि बालेनले सामाजिक सञ्जालमा लेखेको लामो स्टाटसलाई लक्षित गर्दै हर्कले यस्तो टिप्पणी गरेका हुन् ।

हर्कले बालेनलाई आफ्नो गृह मन्त्रीले नै पक्रेला कि भन्ने डर लागेको जिकिर गर्दै भने, 'आफ्नै गृह मन्त्रीले आफैंलाई पक्रन्छ कि भन्ने डरले ! वर्षमा लेख्ने मेरो जम्मा स्टाटसभन्दा धेरै लामो स्टाटस लेखी प्रहरीलाई बयान लेख्नु भनेको असफलताको परिचय हो।'

उनले थपे, 'आफ्नै प्रधानमन्त्री, आफ्नै गृह मन्त्री भएर पनि प्रहरी किन आफ्नो बन्न सकेनरु किनकि देशलाई धोका दिने मान्छेको सरकार आफ्नो भए पनि राज्य आफ्नो हुँदैन। प्रहरी राज्य हो त्यसैले।'

हर्कको टिप्पणी बालेनले अनेरास्ववियूले दिएको जाहेरीबारे सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेखेपछि आएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077