Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुम्ला जिप दुर्घटना: घाइतेको उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर

हुम्ला जिप दुर्घटना: घाइतेको उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर

शुक्रवार , आश्विन २४, २०८२

हुम्ला । चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूको उद्धार गर्न  नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट हुम्लाका लागि उडेको छ ।

हुम्लाको चंखेली गाउँपालिका-४ देशीखोला नजिक मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १०९१ नम्बरको जिप दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खस्द १२ जना घाइते भएका थिए ।

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मेल्छाम प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ की बसन्ती बुढाका आमा–छोरा र सोही वडाका मानवीर बुढा रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् ।

घाइतेमध्ये २ को अवस्था सामान्य र ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचारका स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी स्वरूप हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077