काठमाडौं । नेप्से परिसूचक ७८.८३ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ३.०५ प्रतिशतले घटेर २५०३.३५ विन्दुमा बन्द भएको हो ।
आज सेयर कारोबार रकम भने साढे एक अर्बले बढेको छ । बिहीबारको तुलनामा एक अर्ब ४३ करोडले सेयर कारोबार बढेको छ ।
यसदिन ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ९ कम्पनीको सेयर मूल्य बढेको छ । २४१ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ । बुटवल पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, राधी विद्युत् कम्पनी, सीइडीबी होल्डिन्ङ लिमिटेड र विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य आठ प्रतिशतले घटेको छ ।
नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३८ करोड सात लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ ।