Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर पोखरेल भन्छन् - सबै खरानी भएपछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु हुनु लज्जाशरणम्

शंकर पोखरेल भन्छन् - सबै खरानी भएपछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु हुनु लज्जाशरणम्

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको विध्वंसपछि “अब आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको” भन्दै तीव्र आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले उक्त आपत्ति जनाएका हुन् । उनले लेखेका छन्- '२४ गतेको विध्वंसमा जल्ने सबै खरानी भएपछि आगो निभ्यो। तर एक महिनापछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको छ, लज्जाशरणम्।'

उनका अनुसार देशले अराजकता र विध्वंसको भयावहता भोगिसकेपछि मात्र केही समूहहरू अहिले ‘संकट नियन्त्रणको श्रेय’ दाबी गर्न खोजिरहेका छन् । काठमाडौं महानगरपालिकाले सबैभन्दा पहिला आफ्नो दमकल आगो निभाउन पुगेको दाबी गरिरहेको छ ।

भदौ २४ गते राजधानीमा भएको जेन–जी आन्दोलनको हिंसात्मक घटनाले देशभर ठूलो असर पारेको थियो । सरकारी भवन, प्रहरी सवारी र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको सो घटनापछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपमा कैयौँ घाइते भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077