Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फलामलाई सुन देखाएर ७१ लाख ठगी गर्ने गिरोह पक्राउ

फलामलाई सुन देखाएर ७१ लाख ठगी गर्ने गिरोह पक्राउ

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । सुनको प्रलोभन देखाएर एक महिलाबाट ७१ लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन जना काठमाडौंमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएकी ४६ वर्षीया गीता केसीलाई ठगी गरेको आरोपमा ती तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार, गत असोज २३ गते पीडित महिलालाई सुन बेच्ने लोभ देखाई उनीहरूबाट ११ लाख रुपैयाँ नगद र ६० लाख रुपैयाँको चेक लिएर समूह फरार भएको थियो।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा असोज २९ गते काठमाडौंको सुन्धारास्थित ध्रुव पाटन होटलबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ का ६० वर्षीय कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका–४ का ५९ वर्षीय मानबहादुर सुवेदी, र ताप्लेजुङकै मैवाखोला गाउँपालिका–६ का ४० वर्षीय विरेन लिम्बु (राम लिम्बु) रहेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा कर्ण ध्वज लिम्बु यसअघि पनि ठगी मुद्दामा धरौटीमा छुटेको र मानबहादुर सुवेदी त्यही मुद्दामा फरार रहेका थिए भन्ने तथ्य खुलेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले कालो–पहेंलो लेप लगाइएका ३ थान धातुका ढिक्का, सिद्धार्थ बैंकको ६० लाख रुपैयाँको चेक १ थान, र ४ थान सिम कार्ड बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077