Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चारजना पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चारजना पक्राउ

शनिवार , कार्तिक ८, २०८२

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–३, मगर गाउँमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये चन्द्रबहादुर आले मगर, पूर्णबहादुर आले मगर, तेजबहादुर आले मगर र दाछिरी शेर्पा रहेका छन्।

प्रहरीका अनुसार बिहीबार राति सो क्षेत्रका केही व्यक्ति मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिद्धपोखरीबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर बरालको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरी टोलीले ती व्यक्तिहरूलाई सम्झाउने प्रयास गर्दा उनीहरूले उल्टै प्रहरीमाथि अभद्र व्यवहार र असहयोग गरेका थिए। त्यसपछि टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077