Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनारसँगै श्रेष्ठको पनि मन्त्रीको सूचीबाट नाम काटियो, २ जनाको मात्रै सपथ हुँदै

सुनारसँगै श्रेष्ठको पनि मन्त्रीको सूचीबाट नाम काटियो, २ जनाको मात्रै सपथ हुँदै

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीका लागि सिफारिस गरेका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने भएको छ । बालुवाटारले डा. सुधा शर्मा गौतम, बब्लु गुप्ता, गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाम सिफारिस गरेको थियो ।

तर, अन्तिम समयमा आएर दुई जना गौतम र गुप्ताको मात्रै सपथ हुन लागेको हो ।

आफूलाई दलित अभियन्ताका रुपमा चिनाउने र दलित अधिकारका लागि विवादित अभिव्यक्ति दिँदै आएका सुनारविरुद्ध सर्वोच्च अदालतदेखि दुई जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

काभ्रे जिल्ला अदालत र सुर्खेत जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका सुनारलाई मन्त्री बनाउँदा आफ्नै पद धरापमा पर्ने भएपछि प्रधानमन्त्री कार्कीले अन्तिम समयमा उनको नाम हटाएको स्रोत बताउँछ ।

त्यसैगरी, सपथको तयारीमा रहेका गणपतिलाल श्रेष्ठको नाम पनि अन्तिममा आएर काटिएको स्रोतको दावी छ । न्यूरोडको एक कम्प्लेक्स हत्याउन खोजेको आरोप खेपेका श्रेष्ठ पनि विवादमा तानिएका व्यक्ति भएको खुलेपछि उनको नाम हटाउन दबाब परेको थियो ।

श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठलाई ‘फण्डिङ’ गर्दै आएको पनि आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।

अन्ततः उनीहरु दुबै जनाको नाम काटिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077