Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीको दुरुपयोग गर्दै खड्का, लोकेन्द्रको स्वार्थमा भट्टहरु विरुद्ध पोष्टर टाँसेर चरित्रहत्या

जेनजीको दुरुपयोग गर्दै खड्का, लोकेन्द्रको स्वार्थमा भट्टहरु विरुद्ध पोष्टर टाँसेर चरित्रहत्या

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनमा आफ्नो छोरा बेपत्ता पारेको भन्दै संसद भवन अगाडि नारा लगाउँदै नेताहरुलाई जथाभावी गाली गरी चर्चामा आएका नेपाली सेनाका पूर्वमहासेनानी माधवसुन्दर खड्का यतिखेर मन नपरेका व्यक्तिहरुलाई आपराधिक आरोप लगाइ चरित्रहत्या गर्न तल्लिन छन् ।

आफूलाई चर्चामा ल्याइराख्न उनले ‘हत्यारा र भ्रष्टाचारी’ भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको तस्विरसहितको पोष्टर माइतीघरमा राखेर युट्युवरहरु जम्मा गरी जथाभावी बोलेका थिए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु तथा रमेश लेखकलगायतको पनि पोष्टर बनाई बद्नाम गरेका थिए । यी त भए राजनीतिक दलका नेताहरुविरुद्धको विष बमन । जुन अहिले जेनजी आन्दोलनपछि बनेको जाँचबुझ आयोगले छानविन गरिरहेको छ ।

तर, आफैमा विवादास्पद व्यक्ति खड्काले राज्यको कानूनलाई नै हातमा लिने गरी खुलमखुल्ला पोष्टर नै बनाई मन नपरेका व्यापारीहरुलाई प्रमाणित नै नभएको आपराधिक आरोप लगाएका कारण कसैले ती ब्यापारीहरुमाथि आक्रमण गर्यो भने त्यसको जिम्मा कसले लिने ?

हुनत वर्षौंदेखि दिपक भट्ट र सुलभ अग्रवालमाथि विचौलियादेखि माफियाको ट्याग लाग्दै आएको छ । उनीहरुमाथि सम्पत्ति सुद्दिकरण अनुसन्नधान विभागदेखि राज्यका विभिन्न निकायहरुलले छानविन पनि गरिरहेका छन् ।

कानूनी शासनमा हुने प्रक्रिया यही हो । पुष्टि नै नगरी पत्रकार दिलभुषण पाठकले हिल्टन होटलमा देउवा पुत्र जयविरको लगानी रहेको समाचार युट्युवमार्फत भाइरल बनाउँदा अनाहकमा हिल्टन होटल जेनजी प्रदर्शनकारीहरुको निसानामा परी तहसनहस भयो ।

अहिले छोरालाई जेनजी बनाएर मिराज ढुंगानालाई साथमा लिई जथाभावी जेनजीको नाममा धम्क्याउँदै हिड्ने खड्कामाथि गृह प्रशासनले सूचना पाएपनि किन कारबाही गर्न हिचकिचाई रहेको छ ? प्रहरीभित्रबाटै प्रश्न उठ्न थालेको छ ।

भोली खड्काकै कारण व्यापारीहरुमाथि भौतिक आक्रमण भयो भने त्यसको जिम्मा कसले लिने ? नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि केही दिन अघि बाटोमा हिडिरहेका बेला दुव्र्यवहार र आक्रमण भयो ।

जुन घटनाबारे ललितपुर प्रहरीले छानविन गरिरहेको छ । आक्रमणपछि पनि उनै अधिकारीविरुद्ध माइतीघरमा पोष्टर टाँसी खड्काले भनेका छन्–‘प्रदिप अधिकारी कर्मचारीको नाममा कलंक हुन् । उनकै कारण गणपतिलाल श्रेष्ठ मन्त्री हुन पाएनन् । उनी देशका ठूला भ्रष्टाचारी हुन् ।’

अधिकारीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । त्यस्तै खड्काले दिपक भट्ट र साहिल अग्रवालमाथि पनि गम्भीर आपराधिक आरोप लगाएका छन् ।

दिपक भट्टलाई त उनले नेपालको सबैभन्दा ठूलो राजनीतिक विचौलिया मात्र नभई अण्डरवल्र्ड डन दाउद इब्राहिमलगायत संसारभरिका माफियाहरुसँग नेक्सस रहेको दावी गरेका छन् । दिपक भट्टबारे बोल्दै उनले थप भनेका छन्–‘नेपाल विद्युत प्राधिकरण एमडी होस् वा धितोपत्र बोर्ड, सुरक्षा निकायको हात हतियार, हवाई एभिएसनसमेत यो अपराधी (भट्ट)को कब्जामै छ ।’

त्यसैगरी, साहिल अग्रवाललाई उनले प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने र भाउजुको छोरोको सबैभन्दा ठूलो पार्टर भएको बताउँदै सोही कारण हिल्टन जलेको दावी गरेका छन् । उनले साहिल अग्रवाल माफिया भएको दावी गर्दैै सरकार सञ्चालनमै उनको हात रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री गोजीमा राखेर हिड्ने अपराधी भट्ट र अग्रवाल भएको खड्काले दावी गरेका छन् ।

दिपक भट्ट विवादास्पद व्यापारी होलान् । उनीमाथि जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले कानून बमोजिम छानविन गरी कारबाहीको दायरामा ल्याउनु उसको दायित्व पनि हो ।

तर, अनुसन्धानकै क्रममा रहेका बेला भट्टलाई अण्डरवल्र्ड डन दाउद मात्रै नभई संसारभरिकै माफियासँग नेक्सस रहेको भनेर आरोप लगाई तथानाम गाली गर्दा कुनै समूहको निसानामा परेर उनीमाथि भौतिक आक्रमण भयो भने त्यसको जिम्मा माधवसुन्दर खड्काले लिन्छन् ? के उनी राज्यभन्दा पनि माथिल्लो निकायमा छन् ?

उनलाई तुरुन्तै पक्राउ गरी साइबर क्राइममा मुद्दा लगाएर कानूनी शासनको आभास दिनु गृहमन्त्री ओमप्रकाश अर्यालको दायित्व पनि हो ।

कसैमाथि आपराधिक आरोप लगाउनु अघि उनले आफ्नै अनुहार ऐनामा हेर्नु पर्छ कि पर्दैन ? दिनभर भट्टका प्रतिस्पर्धी ठेकेदार लोकेन्द्र कार्की र मिराज ढुंगानालाई बोकेर हिड्ने यिनै खड्का कार्कीको निर्देशनमा भट्टको समूहविरुद्ध लागिपरेका त होइनन् भन्ने गम्भीर आशंका उब्जिएको छ ।

लोकेन्द्र कार्कीको साथमा माधवसुन्दर खड्का

 खड्काले भदौ २३ गते आफ्नो छोरा साम्राज्यबहादुर खड्का जेनजी आन्दोलनमा अग्रपंक्तिमा रहेको बताएका थिए । साम्राज्य अमेरिकाबाट डिपोर्ट भएर नेपाल फकिएका व्यक्ति हुन् ।

खड्काले छोरालाई आन्दोलनका क्रममा प्रहरीले बेपत्ता पारेको भन्दै आन्दोलनकारीलाई उत्तेजित बनाएका थिए । तर, उनलाई कतै लुकाएर प्रदर्शनकारीलाई उत्तेजित पार्न बेपत्ता पारेको भन्दै अफवाह फैलाएको समेत प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । पछि साम्राज्य सकुशल नै फेला परे ।

तर, फेलापरेको कुरा भने बाबु माधवसुन्दरले अहिलेसम्म सार्वजनिक रुपमा भनेका छैनन् । त्यसो त खड्कालाई किन लोकेन्द्रले प्रयोग गरिरहेका छन् भन्ने रहस्य पनि विस्तारै बाहिर आउँदैछ ।

नेपाल टेलिकमको करिव साढे ४ अर्वको विलिङ सफ्टवेरको ठेक्का हत्याउन लोकेन्द्र अहिले सक्रिय भएर लागिरहेका छन् । विलिङ ठेक्कादेखि सेना र प्रहरीको हतियार खरिदमा भट्टलाई आउनै नदिन कार्कीले यसरी खड्कालाई दुरुपयोग गरेका त होइनन् ? भन्ने प्रश्न समेत उठेको छ ।

चिनियाँ कम्पनी ह्वेल क्लाउडका एजेन्ट रहेका कार्कीले आफ्नो कम्पनी प्राविधिक प्रस्तावमा असफल भएपछि पास भइसकेको चिनियाँ कम्पनी हुवावेविरुद्ध उच्च अदालतमा मुद्दा हालेका छन् ।

जुन मुद्दाको कार्तिक १४ गते पेशी तोकिएको छ । अर्कोतिर कार्कीले उनै माधवसुन्दर खड्कामार्फत सञ्चारमन्त्री जगदिश खरेललाई प्रभावमा पारी टेण्डर सम्बन्धी सम्पूर्ण प्रकृया नै रोकाउन सफल भएको टेलिकम स्रोत बताउँछ । हुवावे प्राविधिक रुपमा छनौट भएपछि टेलिकमले गत असोज ८ गते नै आर्थिक प्रस्ताव खोल्ने तय गरेको थियो ।

तर, यिनै विवादास्पद व्यक्तिहरुको दबाब थेग्न नसकेपछि मन्त्री खरेलले टेलिकमकी निमित्त प्रवन्ध निर्देशक सविना मास्केलाई ह्वेल क्लाउडलाई पनि ‘टेक्निकल इभ्यालुयसन’मा संलग्न गराउन भन्दै मौखिक रुपमा निर्देशन दिएका छन् । जसका कारण टेण्डर प्रकृया नै रोकिएको छ ।

अदालतले ह्वेल क्लाउडलाई ‘स्टे अर्डर’ नदिएको अवस्थामा मौखिक रुपमा निर्देशन दिएर टेण्डर प्रकृया नै अवरुद्ध पार्नुलाई मन्त्री खरेलको समेत स्वार्थ रहेको प्रष्ट बुझिन्छ । जुन कुरालाई मन्त्री खरेलको भु–राजनीतिक स्वार्थका रुपमा लिइएको टेलिकमकै एक उच्च अधिकारीले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077