Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाट गर्ने १० जना पक्राउ

प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाट गर्ने १० जना पक्राउ

बुधवार , कार्तिक १२, २०८२

पोखरा । कास्कीमा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूले वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी नयाँपुलमा आगजनी, तोडफोड र हतियार लुटपाटजस्ता आपराधिक गतिविधि गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो ।

प्रहरीले आगो लगाउने, हतियार लुट्ने र अन्य अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू क्रमशः राजेश मक्रान्ती, नारायण साई, अरुण विक, रुपेश मगर, दीपु साई, लङबहादुर नेपाली, अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की र पूर्णबहादुर नेपाली रहेको जनाएको छ।

तीमध्ये चार जनाले हातहतियार लुटपाट गरेर हिंड्ने कार्यमा, एक जनाले बगरस्थित वडा प्रहरी कार्यालयमा हतियारको थुप्रोमा आगो लगाउने, र बाँकी पाँच जनाले नयाँपुल प्रहरी चौकीमा आगलागी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले बताएको छ।

घटनामा संलग्न सबैमाथि जिल्ला अदालत कास्कीबाट अपराधिक उपद्रव मुद्धामा ६ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077