Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट खस्यो

मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट खस्यो

शुक्रवार , कार्तिक १४, २०८२

तेह्रथुम । तेह्रथुममा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार तेह्रथुमकै आठराईबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो जिप मेची राजमार्गमा पर्ने इलामको देउमाइ नगरपालिका–१ कुखुरे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको मोटरसाइकलसँग ठोक्किएपछि जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका–६ गरामुनीकी ३० वर्षीया सुशीला तिमल्सिना, तेह्रथुम आठराई–१ का ६५ वर्षीय छविलाल गुरुङ, ३० वर्षीय प्रकाश शेर्पा, ताप्लेजुङ आठराई त्रिवेणी–१ निगुरादिनकी ६४ वर्षीया डम्मरकुमारी गुरुङ, ३० वर्षीया इन्द्र गुरुङ, २८ वर्षीया अञ्जना गुरुङ घाइते भएकी छन्।

त्यस्तै धनकुटाकी ३२ वर्षीया सुष्मा लिम्बू, पाँचथर फालेलुङ–६ सिदिनकी २३ वर्षीया असिना तामाङ, झापा बुद्धशान्ति–४ जयपुरकी २७ वर्षीया चन्द्रकला कालिकोटे र मोटरसाइकल चालक पाँचथर हिलिहाङ–६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली पनि घाइते भएका प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077