काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पौष १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले उक्त प्रस्ताव राखेका हुन् ।
उनले पुस १६ देखि १९ सम्म १५ औँ महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए ।
सोमबार नयाँबानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो ।
संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।
उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउँदै विशेष महाधिवेशनको माग गरेका छन् ।
यसैकारण कांग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद चलिरहेको छ ।
यस्तो छ गगन थापाले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका