Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्सेमा २८ अंकको गिरावट, पाँच अर्बको कारोबार

नेप्सेमा २८ अंकको गिरावट, पाँच अर्बको कारोबार

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं। नेप्से २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा पुगेको छ।

आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच भए। जसअनुसार ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ रुपैयाँबराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहका सूचक घटेर राताम्मे बनेको छ। बैंकिङ ०.६६, विकास बैंक १.४७, वित्त २.२१, होटेल तथा पर्यटन ०.९३, जलविद्युत् १.२१ र लगानी समूह ०.८७ प्रतिशतले घटेको छ।

त्यसैगरी जीवन बिमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त ०.७५, म्युचुअल फन्ड ०.३१, निर्जीवन बिमा १.२१, व्यापार ०.११ र अन्य समूह १.८१ प्रतिशतले घटेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आज सबैभन्दा धेरै २७ करोड ९८ हजार ५७२ रुपैयाँबराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ६ लाख ९९९ कित्ता सेयर किनबेच भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077