Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

डीआईजी काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

प्रवक्ता तोकिएका काफ्ले आइतबार डीआईजीमा बढुवा भएका हुन् । यसअघि प्रवक्ता रहेका डीआईजी विनोद घिमिरेको प्रशासन विभागमा सरुवा भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077