Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेलाई सोधपुछका लागि सिंहदरबार ल्याइयो

रवि लामिछानेलाई सोधपुछका लागि सिंहदरबार ल्याइयो

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा ल्याइएको छ।

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि आयोगको कार्यालयमा उनलाई ल्याइएको हो।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई आयोगको कार्यालयमा उपस्थित गराइएको ख्खु कारागार प्रशासन स्रोतले जनाएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । जेलबाट निस्किएको विषयमा उनीमाथि सार्वजनिक प्रश्च उठेका छन्।

यसअघि नख्खु जेल प्रशासनसँग पनि आयोगका पदाधिकारीले बयान लिइसकेका छन्।

सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन गरेको छ।

No photo description available.No photo description available.

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077