Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा ९ जना पक्राउ

प्रहरी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा ९ जना पक्राउ

आइतवार , कार्तिक २३, २०८२

दाङ । भदौ २४ गते ‘जेनजी आन्दोलन’को क्रममा दाङका विभिन्न प्रहरी कार्यालय र सरकारी भवनमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, दुई दिनको अनुसन्धानपछि पक्राउ परेका आरोपितमध्ये घोराही–१५ का सुनिल थापा मगर, कुनाल श्रेष्ठ, इनाहित कुरेसी, टेकम डाँगी, विवेक पुन मगर रहेका छन् ।

त्यस्तै घोराही–१३ का महेश घिमिरे, घोराही–९ ढिकपुरका शरद बस्नेत र सल्यानको क्षत्रेश्वरी गाउँपालिका–४ का अमरबहादुर वली पनि हिरासतमा छन् ।

उनीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड, लुटपाट, चोरी र आगजनी गरेको आरोप छ। यसबाहेक, घोराही–१५ भानुचोकस्थित प्रहरी बिटमा ढुंगामुढा, तोडफोड तथा आगजनी गरेको आरोपमा घोराही–१३ का सन्दीप घर्तीलाई पनि पक्राउ गरिएको छ।

प्रहरीले जिल्ला ट्राफिकमा तोडफोड र आगजनीमा संलग्नलाई पाँच दिन र वडा प्रहरी बिटमा संलग्नलाई सात दिन म्याद थप गरेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077