Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज प्रहरीको ३३औं आईजीपी नियुक्त गर्दै सरकार

आज प्रहरीको ३३औं आईजीपी नियुक्त गर्दै सरकार

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) आज नियुक्ति गर्ने भएको छ । सम्भवतः  आज (सोमबार) को मन्त्रिपरिषद् बैठकले भावी आईजीपी टुंगो लगाउन लागेको हो । तर बैठक कति बजे बस्ने बारे जानकारी दिइएको छैन ।

३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ पर्सि (बुधबार) बाट अवकाशमा जाँदैछन् । आईजीपी प्रतिस्पर्धामा चार एआईजी छन् । ३३औं आईजीपीको दाबेदारमध्ये दानबहादुर कार्की पहिलो नम्बरमा छन् ।

प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश हुँदा गरेको फैसलाको नजिरका आधारमा पनि आईजीपी नियुक्तिमा उनलाई सहज हुने बताइएको छ ।

प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरीमा वरियता मिच्ने पक्षमा छैनन् । यहि कारण पनि कार्कीलाई आईजीपी बन्न सहज देखिन्छ । यद्यपी वरियतामा पछि रहेकाहरु उनीविरुद्ध कुरा लगाएर नियुक्तिमा चलखेल गरिरहेका छन् ।

बरियतामा पछाडि रहेका सीआईबीका मनोज केसी सबैभन्दा बढी चलखेलमा लागेको देखिएको छ । आफ्नै सहकर्मीविरुद्ध पूर्वन्यायधीश गौरीबहादुर कार्की नेतृत्वको २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा उजुरी हालेको प्रकरणमा संलग्न रहेको प्रहरी प्रधान कार्यालयको आन्तरिक छानविनले देखाएको छ ।

कीर्ते जाहेरी तयार पारेर आयोगमा दर्ता गर्नेदेखि तीनकुनेको एक रेष्टुरेन्टको वाईफाई प्रयोग गरेर भारतीय नम्बरको मोबाइलबाट ह्वाट्स एपमा कीर्ते जाहेरी पत्रकारहरूलाई पठाएको हेडक्वाटरले बनाएको विशेष कमिटीले रिपोर्ट तयार पारेर आईजीपी चन्द्रकुबेर खापुङले गृह मन्त्रालयलाई पठाइसकेको स्रोतले बताएको छ ।

सो प्रकरणमा केसीको भूमिका संकास्पद देखिएको प्रहरी स्रोतको भनाइ छ । दोस्रो नम्बरमा रहेका राजन अधिकारी, तेस्रो नम्बरमा रहेका मनोज केसी र चौथो नम्बरमा रहेका शिद्धिबिक्रम शाह पनि दौडधपुमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077