Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीको आईजीपीमा कार्की नियुक्त

नेपाल प्रहरीको आईजीपीमा कार्की नियुक्त

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नेछन् । हालको प्रहरीको नियमावलीको अवकाश तथा पदावधिसम्बन्धी व्यवस्थाअनुसार १८ चैत २०८४ सम्म उनी महानिरीक्षक हुनेछन्।

कार्कीले २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। त्यसपछि उनी २०६६ मंसिर २६ गते प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए।

२०७४ सालमा प्रहरी उपरीक्षक बनेका उनी २०७९ मा प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए।

प्रहरी नायब महानिरीक्षक पदमा २०८१ जेठ १३ गते बढुवा भएका उनी २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षकको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

वर्तमान आइजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077