Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित किशोर पक्राउ

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित किशोर पक्राउ

मंगलवार , कार्तिक २५, २०८२

गण्डकी । गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएको एक थान चाइनिज पेस्तोलसहित पोखरा महानगरपालिका–४ का १६ वर्षे किशोरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय, बगरबाट लुटिएको पेस्तोल म्यागजिन नभएको अवस्थामा बरामद गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ गरिएका ती किशोरलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077