Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको लाल किल्लामा कार विस्फोट : मृत्य हुनेको संख्या ११ पुग्यो

भारतको लाल किल्लामा कार विस्फोट : मृत्य हुनेको संख्या ११ पुग्यो

मंगलवार , कार्तिक २५, २०८२

एजेन्सी । भारतको राजधानी दिल्लीको लाल किल्लानजिक सोमबार साँझ करिब ७ बजे कारमा भएको विस्फोटमा परेर ११ जनाको मृत्यु भएको छ ।

२० भन्दा बढी मानिस घाइते भएको भारतका संचारमाध्यमहरुले जनाएका छन् । विस्फोटपछि दिल्ली–एनसीआरलाई सतर्क अवस्थामा राखिएको बताइएको छ ।

बिस्फोटमा प्रयोग भएको आई–२० कारका मालिकको पहिचान भएको भारतीय प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा विस्फोट भएको कार धेरै पटक बेचिएको पाइएको बताइएको छ ।

जुन एचआर–२६–सीई ७६७४ नम्बरको कारमा विस्फोट भएकोमा त्यसको दर्ता गुरुग्राम, हरियाणा निवासी सलमानको नाममा छ । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077