Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीको रासनभत्ता बढाउने तयारी

नेपाल प्रहरीको रासनभत्ता बढाउने तयारी

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासनभत्ता बढाउने तयारी गरेको छ । सशस्त्र प्रहरीले भन्दा नेपाल प्रहरीले कम रासनभत्ता पाउने भएकाले विभेद हटाएर बढाउन लागिएको हो ।

भत्ता पुनरावलोकनसम्बन्धि प्रस्ताव प्रहरीबाट आएको र त्यसमा छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।

नेपाल प्रहरीले सशस्त्र प्रहरीले भन्दा ४ प्रकारका रासन कम पाउने गरेको छ। जसकारण प्रहरीको भत्ता कम हुने गरेको छ। जून विभेद हटाउन हालका गृहमन्त्री ओमप्रकाश अर्यालले नै पहल लिएका छन्।

सुरक्षा निकायलाई रासनमा विभेद हुँदै आएको छ। काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले दिनको करिब दुई सय रासनभत्ता पाउने गरेका छन् । दुई पटकको खाना र एक पटकको खाजाका लागि त्यो रकम दिने गरिएको छ।

जबकी एक कप कफीकै काठमाडौंमा दुई सय रुपैयाँ पर्ने अवस्था छ । प्रहरीको रासनभत्ता २०७८ सालदेखि बढ्न सकेको थिएन । त्यतीबेला पनि जम्मा १५ प्रतिशत बढेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077