Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत सरकारले भन्यो - दिल्ली विस्फोट घटना आतंकवादी हमला हो

भारत सरकारले भन्यो - दिल्ली विस्फोट घटना आतंकवादी हमला हो

बिहिवार , कार्तिक २७, २०८२

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको ऐतिहासिक लालकिल्ला नजिक सोमबार साँझ भएको घातक कार विस्फोटलाई सरकारले ‘आतंकवादी हमला’ घोषित गरेको छ । उक्त घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएको पुष्टि भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले बुधबार साँझ बसेको आकस्मिक सुरक्षा बैठकपछि वक्तव्य जारी गर्दै यसलाई राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको कायरतापूर्ण कृत्य भनेको छ ।

वक्तव्यमा भनिएको छ, 'देशले एउटा घृणित आतंकवादी घटना देखेको छ, जुन राष्ट्रविरोधी शक्तिहरूद्वारा कार विस्फोटमार्फत् गरिएको हो। सरकारले निर्देशन दिएको छ कि यस घटनाको अनुसन्धान अत्यन्त तत्परताका साथ र पेशेवर ढङ्गले अगाडि बढाइयोस् ताकि दोषी, तिनका सहयोगी र प्रायोजकहरूलाई चाँडै न्यायको कठघरामा ल्याउन सकियोस्।'

सरकारले निर्दोष नागरिकको ज्यान जाने यस्तो ‘क्रूर र कायरतापूर्ण’ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै स्पष्ट निन्दा गरेको छ। मन्त्रिपरिषद्को वक्तव्यमा भनिएको छ, 'भारतीय सरकारले आतंकवादप्रति शून्य सहनशीलताको नीति अडिग रूपमा कायम राख्नेछ।'

अहिलेसम्म यस घटनामा संलग्न भएको कसैको नाम सार्वजनिक गरिएको छैन र कुनै पक्राउ पनि भएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077