झापा । जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट फरार भएका दुईजना थुनुवा पक्राउ परेका छन् ।
लागुऔषध कसुरका बिर्तामोड नपा-८ देउनिया निवासी ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनाली पक्राउ परेका हुन् ।
उनीहरु भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए। उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।
पक्राउपछि उनीहरूलाई अस्थायी प्रहरी चौकी गरामनीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।