Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिका महिला राष्ट्रपति बनाउन अझै तयार छैन : मिसेल ओबामा

अमेरिका महिला राष्ट्रपति बनाउन अझै तयार छैन : मिसेल ओबामा

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले अमेरिका अहिले पनि महिला राष्ट्रपति निर्वाचित गर्न मनोवैज्ञानिक रूपमा तयार नभएको टिप्पणी गरेकी छन् ।

उनका अनुसार पछिल्ला चुनावहरूले त्यसको स्पष्ट संकेत गरिसकेको छ । सीएनएनका अनुसार उनको अभिव्यक्ति २०२४ को चुनावमा डेमोक्रेट उम्मेदवार कमला ह्यारिस डोनाल्ड ट्रम्पसँग पराजित भएको प्रसंगसँग जोडिएको मानिएको छ।

अभिनेत्री ट्रेसी एलिस रोसले ‘अमेरिका महिला राष्ट्रपतिको लागि तयार भइसकेको छ ?’ भनेर सोधेको प्रश्नमा ओबामाले खुला रूपमा भनिन्, 'हामीले यसअघिका चुनावहरूमा देखिसक्यौँ। दुःखका साथ भन्नुपर्छ— हामी महिलालाई राष्ट्रपति बनाउन अझै तयार छैनौँ।'

यो संवाद न्युयोर्कको ब्रुकलिनमा आयोजित मिसेल ओबामाको नयाँ पुस्तक ‘द लुक’ को सार्वजनिक कार्यक्रममा भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077