Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपी थापा अनिवार्य अवकाशमा

एसपी थापा अनिवार्य अवकाशमा

सोमवार , मंसिर १, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गंगा बहादुर थापा अनिवार्य अवकाशमा गएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एसपी थापा आजबाट अनिवार्य अवकाशमा गएका हुन् ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२९ उप-नियम २ अनुसार प्रहरी सेवामा ३० वर्ष सेवा अवधिको आधारमा उनी अनिवार्य अवकाशमा गएका छन् ।

उनलाई आज एक कार्यक्रमका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले मायाको चिनो प्रदान गर्दै सुखद एवं समृद्ध सेवानिवृत जिवनको शुभकामना व्यक्त गरे ।

बिदाई कार्यक्रममा बोल्दै एसएसपी कार्कीले नेपाल प्रहरीको जिम्मेवारी र कर्तव्यमै उर्जाशिल समय खर्चनु भएकोमा प्रहरी संगठन सधै आभार रहने बताए ।

प्रहरी जवान पदमा नयाँ नियुक्ती भई अनवरत रुपमा नेपालका विभिन्न प्रहरी कार्यालय लगायत अन्तराष्ट्रिय स्तरमा समेत उनले सेवा प्रदान गरेका छन् ।

उक्त विदाई कार्यक्रममा आफ्ना अनुभवहरू साझा गर्दै नेपाल प्रहरीको कर्तव्यबाट अवकाश प्राप्त भएपनि देश र समाजको सेवाभावले आफ्नो ह्रदयबाट कहिल्यै अवकाश नपाउने कुरा व्यक्त गरे ।

साथै, गौरवमय संगठनमा रहि सेवा प्रवाह गर्नु आफ्नो सौभाग्य भएको बताउँदै उनले सेवा निवृत पश्चात समेत संगठनको हितकारी गतिविधिमा आफ्नो भूमिका निर्वाह गर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077