कैलाली । नेपाल प्रहरीका बरिष्ठ सई गणेश बहादुर थापा इन्स्पेक्टरमा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ३४४८ मिति २०८२।०७।२८ पत्रादेशानुसार मिति २०८२।०८।०१ गतेबाट लागु हुने गरी थाप इन्स्पेक्टरमा बढुवा भएका हुन् ।
उनलाई सोमबार सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर रानाले दर्ज्यानी चिन्ह प्रदान गरे ।
साथै उक्त कार्यक्रममा डीआईजी रानाले पदोन्नती भएका थापाले बिगत लामो समय देखि नेपाल प्रहरी जस्तो गौरवमय संगठनमा रही कठिन समयमा पनि बिचलित नभई गरेको योगदानको प्रशंसा गरे ।
साथै उनले इन्स्पेक्टर थापाको सफल कार्यकालको शुभकामना समेत दिए ।