Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेड नोटिस जारी भएका व्यक्ति मलेसियाबाट पक्राउ

रेड नोटिस जारी भएका व्यक्ति मलेसियाबाट पक्राउ

सोमवार , मंसिर १, २०८२

काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना मलेसियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ का आकाशप्रसाद कुशवाहा रहेका छन् ।

एनसीबी क्वालालम्पुरको समन्वयमा पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठगी तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ रेड नोटिस जारी भएको थियो।

कुशवाहालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटलाई जिम्मा लगाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077