Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिशुलाई जन्म दिएलगत्तै हत्या गरी गहुँबारीमा गाड्ने आमा पक्राउ

शिशुलाई जन्म दिएलगत्तै हत्या गरी गहुँबारीमा गाड्ने आमा पक्राउ

मंगलवार , मंसिर २, २०८२

प्यूठान । प्यूठानमा नवजात शिशु हत्या प्रकरणमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारलाई नवजात शिशुको हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बिपनाले मंसिर १ गते विहान शिशुलाई जन्म दिएलगत्तै हत्या गरी घर नजिकैको गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय पुजालिवासमा गहुँबारीमा शिशुको शव देखिएको भन्ने सूचना आएपछि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरी निरीक्षक हरी भट्टराईका अनुसार परपुरुषसँगका अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुन सक्ने प्रारम्भिक तथ्यसँगै बिपनाको संलग्नता पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला अदालत प्यूठानबाट कर्तव्यज्यान मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077