Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरहामा डाका समूहले गोली चलायो, बाबुछोरा घाइते

सिरहामा डाका समूहले गोली चलायो, बाबुछोरा घाइते

बुधवार , मंसिर ३, २०८२

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा गएराति डाका समूहको प्रतिकार गर्ने क्रममा एकै घरका बाबुछोरा गोली लागेर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाकाका अनुसार डकैती गर्न आएका समूहको अन्धाधुन्ध गोली प्रहारबाट स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिल सिंह महतो घाइते भएका हुन् ।

डीएसपी रमेश बहादुर पालका अनुसार राति करिब ८–१० जनाको समूहमा नकाबपोश हतियारधारी डकैतहरू गाउँमा पसेका थिए ।

उनीहरू स्थानीय भोला महतोको घरमा डकैती गर्दै गर्दा भोलाले छिमेकीलाई गुहार मागे । गुहारपछि वीरेन्द्र, अनिलसहित अन्य छिमेकीहरू प्रतिकारका लागि पुग्दा डाका समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली लागेर बाबुछोरा ढलेपछि प्रतिकारमा उत्रिएका गाउँलेहरू पछि हट्न बाध्य भएका थिए, जसपछि डाका समूह डकैती पूरा गरी फरार हुन सफल भयो।

घाइते वीरेन्द्र र अनिलको छातीको दायाँ–बायाँ भागमा गोली लागेको छ। दुवैको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डकैतीमा संलग्न समूहको पहिचान हुन बाँकी रहेको र खोजीका लागि प्रहरी टोली परिचालन गरिएको डिएसपी पालले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077