Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनपीएलमा सट्टेबाजी : त्रिवि मैदानबाटै ८ भारतीय पक्राउ, ५ लाखभन्दा बढी कारोबार !

एनपीएलमा सट्टेबाजी : त्रिवि मैदानबाटै ८ भारतीय पक्राउ, ५ लाखभन्दा बढी कारोबार !

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गर्दै आएका ८ जना भारतीय नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

आरोपीहरूलाई बुधबार त्रिवि क्रिकेट मैदानमै खेलको क्रममा अनलाइन बेटिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार उनीहरू भारतको आन्ध्र प्रदेशबाटै एनपीएलमा अनलाइन वेटिङ गर्ने उद्देश्यले नेपाल आएका थिए ।

आरोपीहरू हरेक खेलमा टिकट लिएर मैदान पुग्ने र मोबाइलमार्फत खेलको हार–जितमा रकम लगानी गर्दै आउने गरेको खुल्न आएको छ। प्रवक्ता आचार्यका अनुसार उनीहरूले विभिन्न अनलाइन बेटिङ साइट प्रयोग गरी प्रत्यक्ष खेलमै सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।

प्रहरीले उनीहरूको भारतस्थित बैंक खाताबाट ५ लाख रुपैयाँभन्दा बढी रकम कारोबार भएको प्रमाण फेला पारेको छ ।

पक्राउ पर्नेहरूमा भारतको आन्ध्र प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्सिेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरी डिजिटल फरेन्सिक विश्लेषण सुरु गरेको छ। पक्राउ परेका ८ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

एनपीएलसहित नेपाली क्रिकेटमा अनियमितताका प्रयास बढिरहेका बेला केही दिनअघि एक भारतीय पुरुष र एक नेपाली महिला पनि म्याच फिक्सिङको आरोपमा समातिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077