Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ।

एमालेले आज दल दर्ताको निवेदन दिन लागेको  निर्वाचन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका हुन् ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै दल दर्ता गरिसकेको छ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।

प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग गर्दै आएको एमालेले अनतत: दल दर्ता गराएको हो ।

गत मंगलबार एमालेको विघटित संसद्को संसदीय दलको बैठकले प्रतिनिधिसभा पुन:स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिनिधि सभाका लागि दल दर्ता गर्ने अन्तिम समय बुधबारसम्म छ।

निर्वाचन प्रयोजनका लागि आयोगमा नयाँ र पुराना गरी सोमबारसम्म ६४ दल दर्ता भइसकेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077