Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद् विघटनविरुद्ध एमालेले सर्वोच्चमा दियो रिट निवेदन

संसद् विघटनविरुद्ध एमालेले सर्वोच्चमा दियो रिट निवेदन

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते गरेको संसद् विघटनविरुद्ध एमाले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।

संसद् पुनःस्थापनाको मागसहित नेकपा एमालेले आज सर्वोच्च अदालतमा रिट निवेदन दिएको हो ।

विघटित प्रतिनिधिसभा संसदीय दलको मंसिर २ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाविरुद्ध रिट निवेदन दिएको एमाले प्रमुख सचेतक रहेका महेश बर्तौलाले जानकारी दिए ।

पार्टी मुख्यालय च्यासलमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै पार्टी कानुनी उपचारका लागि अदालत जाने बताएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गर्ने एमाले पहिलो दल हो ।

प्रधानमन्त्री कार्कीले भदौ २७ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । सोही दिन राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ का लागि निर्वाचन घोषणा गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077