Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दल दर्ता नियमित प्रक्रिया मात्रै, प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य छ : शंकर पोखरेल

दल दर्ता नियमित प्रक्रिया मात्रै, प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य छ : शंकर पोखरेल

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दल दर्तालाई निर्वाचन सुनिश्चितताको आधारका रूपमा व्याख्या गर्नु गलत रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा एमालेले गरेको दल दर्ता एक नियमित र लोकतान्त्रिक प्रक्रिया मात्र भएको स्पष्ट पारेका हुन् ।

महासचिव पोखरेलका अनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका प्रयोजनका लागि दल दर्ता गत असोजमा बसेको केन्द्रीय कमिटीको १०औँ बैठकको निर्णयअनुसार गरिएको हो।

'लोकतान्त्रिक प्रक्रियालाई जीवनपद्धति बनाएको पार्टीका रूपमा हामी नियमित रूपमा दल दर्ता गर्दै आएका हौँ,' उनले लेखेका छन्।

उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक परीक्षण चलिरहेको उल्लेख गर्दै, 'यस्तो अवस्थामा दल दर्ताको प्रक्रियालाई आगामी फागुन २१ गतेको निर्वाचन सुनिश्चित भएको प्रमाणका रूपमा प्रस्तुत गर्नु भ्रमपूर्ण छ,' भने।

पोखरेलले वर्तमान सरकारले न त निर्वाचनतर्फ अग्रसरता देखाएको र न त आवश्यक पूर्वतयारीका कदम उठाएको आरोप लगाए।

बरु सरकारले राजनीतिक दलहरूको क्रियाशीलता कमजोर पार्ने तथा समाजमा अराजकता, भय र अशान्ति फैलाउने गतिविधि गरिरहेको दाबी उनले गरे।

भदौ २३ र २४ गतेका विध्वंसात्मक घटनालाई संविधानमाथिको गम्भीर प्रहार बताउँदै पोखरेलले संवैधानिक संकट समाधानको एक मात्र मार्ग प्रतिनिधि सभा पुनःस्थापना भएको निष्कर्ष प्रस्तुत गरे । संसद्को पुनःस्थापना नै लोकतन्त्रलाई फेरि सही दिशामा फर्काउने उपाय रहेको उनको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077