Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन–रुस युद्धबारे ट्रम्पको २८ बुँदे प्रस्तावमा ‘सैद्धान्तिक सहमति’

युक्रेन–रुस युद्धबारे ट्रम्पको २८ बुँदे प्रस्तावमा ‘सैद्धान्तिक सहमति’

बुधवार , मंसिर १०, २०८२

एजेन्सी । युक्रेनले रुससँगको जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २८ बुँदे शान्ति प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको छ ।

दुवै पक्षले केही साना मुद्दाहरू समाधान हुन बाँकी रहेको बताएपछि वार्ताले निर्णायक मोड लिएको संकेत मिलेको छ ।

ट्रम्प प्रशासनले प्रस्तुत गरेको प्रस्तावमा युद्धविराम, सीमाना व्यवस्थापनदेखि सैनिक संरचना पुनर्गठनसम्मका विषयहरू समेटिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रस्ताव स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम दिइएको थियो। रिपोर्टहरूका अनुसार रूसले प्रस्तावमा प्राथमिक सहमति जनाइसकेको छ।

यद्यपि युक्रेनले सार्वजनिक रूपमा अन्तिम निर्णय घोषणा गरिसकेको छैन, युक्रेनी अधिकारी रुस्तम उमरेभले जेनेभामा भइरहेको छलफलअघि दुवै पक्षका प्रतिनिधिहरू प्रमुख सर्तहरूमा नजिकिएको बताएका छन्।

उनका अनुसार, विवादित केही बुँदामा छुटफुट मतभेद रहे पनि शान्ति सम्झौताको फ्रेमवर्क तयार भइसकेको छ।

युद्धविराम प्रक्रिया अन्तिम रूप दिन युक्रेनले यो हप्ता राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच उच्चस्तरीय भेटघाटको प्रस्ताव अघि सारेको छ।

रुस–युक्रेन युद्धले क्षेत्रीय तथा विश्व राजनीति र सुरक्षामा ठूलो प्रभाव पारेको अवस्थामा शान्ति सम्झौतामा दुवै पक्षको निकटता महत्वपूर्ण प्रगति मानिएको छ।

अब बाँकी रहेका केही बुँदे समायोजन र उच्चस्तरीय भेटघाटपछि युद्धविराममा औपचारिक सहमति हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077